काठमाडौँ :- परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘ग्रीष्मकालीन इन्टर्नसिप २०२६’ कार्यक्रम सुरु गरिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले कार्यक्रमको औपचारिक घोषणा गर्दै नेपालको अन्तर्राष्ट्रिय तथा कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउन पाँच प्रमुख क्षेत्रमा केन्द्रित भएर नीतिगत अध्ययन तथा अनुसन्धान गरिने जानकारी दिए।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा रुचि राख्ने स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरूको ज्ञान, अनुभव र ऊर्जालाई नीति निर्माण प्रक्रियासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।




