काठमाडौँ :- सम्भावित बाढी तथा सडक निर्माण कार्यलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने वीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा जोखिम बढेकाले सवारी सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
प्रहरीका अनुसार २०८३ वैशाख २२ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ ।




