काठमाडौँ :- सुनचाँदीको बजारमा आज पुनः मूल्यवृद्धि देखिएको छ। मङ्गलबारको तुलनामा सुन तोलामा रु ५,८०० र चाँदी रु १७५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २ लाख ९६ हजार ८०० पुगेको छ भने चाँदी रु ५ हजार ५५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य वृद्धि भएपछि यसको प्रभाव नेपाली बजारमा परेको बताइएको छ।




