सिरहा :- सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब साढे १० बजे परेको चट्याङले अन्दाजी ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा उनका ३५ वर्षीय श्रीमान् मिथिलेश सदा घाइते भएका छन्। घाइते मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।




