काठमाडौँ :- रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–१४ बिनायक टोलका ४ वर्षीय बालक आज बिहान घर नजिकै रहेको पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेका थिए।
बेहोस अवस्थामा रहेका बालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




