काठमाडौँ :- डोटीमा सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दीपक बोहरा बेपत्ता भएका हुन्।
बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए। उनको खोजीका लागि नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।




