काठमाडौँ :- त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ।
उपत्यका विकास प्राधिकरणले त्यहाँ पुगेका सुकुम्बासीहरूको विवरण व्यवस्थित रूपमा संकलन गरिरहेको जनाएको छ।
थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू आउने क्रम अझै जारी रहेको छ। उनीहरूका लागि रंगशालामा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ भने थप उपचार आवश्यक पर्नेहरूका लागि महानगरपालिकाका विभिन्न वडास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू सञ्चालनमा राखिएका छन्।
थापाथली बस्ती हटाइँदा प्रभावितमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा स्थानान्तरण गरिएको छ। परिवारसँग छुटिएका ८ जना भने दशरथ रंगशालामै अस्थायी रूपमा बसिरहेका छन्।




