काठमाडौँ :- Xiaomi ले नेपाली बजारमा आफ्नो नयाँ वायरलेस इयरबड्स Redmi Buds 8 Active सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो इयरबड्स हलुका र आरामदायी रहेको कम्पनीले जनाएको छ।
इन-इयर कर्भ डिजाइनका कारण लामो समयसम्म प्रयोग गर्दा पनि कानमा दबाब कम महसुस हुने बताइएको छ। एक पटकको चार्जमा ७ घण्टासम्म र चार्जिङ केससहित कुल ३७ घण्टासम्म ब्याट्री ब्याकअप उपलब्ध हुने कम्पनीको दाबी छ। फास्ट चार्जिङ सुविधाबाट १० मिनेटमै करिब २ घण्टासम्म प्रयोग गर्न सकिन्छ।
उच्च ध्वनि गुणस्तरका लागि टाइटानियमयुक्त ड्राइभर, एएसी कोडेक, डुअल माइक्रोफोन र एआई नॉइज रिडक्सन प्रविधि समावेश गरिएको छ। साथै गुगल फास्ट पियर, डुअल डिभाइस कनेक्टिभिटी र IP रेटिङको सुविधा पनि रहेको छ। यसको मूल्य नेपाली बजारमा ४ हजार ४९९ रुपैयाँ तोकिएको छ।




