काठमाडौँ :- थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने तयारीसँगै आज बिहानै बस्तीको विद्युत् लाइन काटिएको छ।
जानकारी अनुसार बिहान ६ बजेदेखि नै विद्युत् आपूर्ति बन्द गरिएको हो। बस्ती हटाउने सरकारी तयारी तीव्र बनेपछि स्थानीयवासी धमाधम सामान सार्न व्यस्त छन्।
उक्त बस्तीमा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहँदा विद्युत् जोडिएको थियो। सरकारले बस्ती भत्काउने प्रक्रिया अघि बढाएसँगै क्षेत्रको तनावपूर्ण अवस्था बढेको छ।




