लमजुङ :- हिउँदे वर्षासँगै गएको पहिरोका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
लगातार वर्षा भइरहेका कारण उक्त क्षेत्रमा सवारीसाधन सञ्चालन हुन सकेको छैन। पहिरो हटाउने प्रयास भइरहेको भए पनि वर्षाले अवरोध पुर्याएकाले सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ।
यसैगरी, सडकखण्डका विभिन्न खोलामा पानीको बहाव बढेकाले सवारी आवागमन थप प्रभावित भएको छ।




