काठमाडौँ :- हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको आसपास विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
यसका कारण देशका विभिन्न स्थानमा बदली, हावाहुरी तथा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी पूर्वी तथा पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
मौसममा आएको यस परिवर्तनका कारण जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।




