काठमाडौँ :- काठमाडौँ महानगरपालिकाले आजदेखि राजधानीमा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ।
साझा यातायात सँगको सहकार्यमा सुरु गरिएको यो विद्युतीय बस सेवा दुई रुटमा सञ्चालन हुनेछ। पहिलो रुट बूढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म रहनेछ भने दोस्रो रुट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि थानकोटसम्म निर्धारण गरिएको छ।
महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल का अनुसार बस सेवा प्रत्येक दिन राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सबै बसमा सीसीटीभी जडान गरिएको छ भने प्रत्येक बसमा एक जना नगरप्रहरी पनि खटाइने व्यवस्था गरिएको छ।




