काठमाडौँ :- गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वि.सं. २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी कोशी प्रदेशभर अतिरिक्त सार्वजनिक तथा पर्व बिदा घोषणा गरिएको छ।
प्रदेश सरकारले संघीय सरकारले तोकेको बिदाबाहेक प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि विभिन्न चाडपर्व तथा विशेष अवसरमा थप बिदा दिने निर्णय गरेको हो।
सूचनाअनुसार सिरुवा पर्व (वैशाख २), कोजाग्रत पूर्णिमा (कार्तिक ८), फाल्गुनन्द जयन्ती (कार्तिक २५) र छठ पर्व समापन (कार्तिक ३०) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहनेछ।
त्यस्तै, राधाकृष्ण रथयात्राको अवसरमा भदौ २० गते झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा मात्र बिदा दिइएको छ।
ऋषि पञ्चमी (भदौ ३०) मा महिलाका लागि मात्र बिदा प्रदान गरिएको छ भने सागा दावा पर्व (जेठ १७) बौद्ध धर्मावलम्बीका लागि बिदा दिइएको छ।
यसैगरी, धिमाल समुदायको जातिरि (सिरिजात), झाँगड (उराव) समुदायको करम पूजा, कुलुङ राई समुदायको चाक्चाकुर पर्व, सन्थाल समुदायको सोहराय पर्व तथा माझी समुदायको लदी पूजाका दिन सम्बन्धित समुदायलाई मात्र बिदा दिने व्यवस्था गरिएको छ।




