काठमाडौँ :- लामो समयदेखि स्थगित भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ। यस पटकको जनगणनाले करिब १ अर्ब ४० करोडभन्दा बढी जनसंख्याको विवरण संकलन गर्ने लक्ष्य राखेको छ। पहिलो चरण बुधबारदेखि सेप्टेम्बरसम्म सञ्चालन हुनेछ र घरपरिवार, उपलब्ध सुविधा तथा आवाससम्बन्धी विवरण संकलन गरिनेछ। दोस्रो चरण सेप्टेम्बरदेखि आगामी अप्रिलसम्म जारी रहनेछ, जसमा सामाजिक, आर्थिक, धर्म र जाति सम्बन्धी विस्तृत तथ्यांक संकलन गरिनेछ।
यसपटक डिजिटल प्रविधि र बहुभाषी स्मार्टफोन एपमार्फत नागरिकले स्वयं विवरण पेश गर्न सक्ने सुविधा समेत दिइएको छ। ३० लाख सरकारी कर्मचारी परिचालन हुने अनुमान छ। जाति विवरणको व्यापक संकलन यस जनगणनाको संवेदनशील पक्ष हो, जसले नीति निर्माण, सामाजिक अवसर र राजनीतिक संरचनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
जनगणनाका तथ्यांकले संसद्को सिट वितरण, राज्य विधानसभामा सिट पुनः निर्धारण र महिला प्रतिनिधित्वमा पनि प्रत्यक्ष असर पार्न सक्छ।




