काठमाडौँ :- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहसँग परामर्शपछि बोर्डले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गरी नतिजा छिटो निकाल्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीको तनाव घटाउन र नतिजा छिटो उपलब्ध गराउन यस्तो निर्णय भएको बताए। उनले भने, “पहिलेभन्दा प्रविधि फरक भएको छ, विद्यार्थीले किन ३ महिना कुर्नुपर्छ? आवश्यक परे तीन महिना भन्दा छिटो पनि नतिजा निकाल्न सकिन्छ।” ७७ जिल्लाका शिक्षा एकाइबाट पनि १ महिनाभित्र नतिजा निकाल्न सकिने सुझाव आएको उनले जानकारी दिए।




