कश्मीर :- जोजिला पास नजिकै हिमपहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय अधिकारीले शनिबार घटनाको पुष्टि गरेका हुन्।
हिमपहिरोपछि धेरै सवारी साधनहरू भग्नावशेषमुनि फसेका छन् र राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको मिडियाले जनाएको छ।
उद्धार टोलीले शव बरामद गर्नुका साथै घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिसकेको छ भने हाल उद्धार कार्य सम्पन्न भइसकेको बताइएको छ।




