काठमाडौँ :- धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३ धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा रहेका छन्। बुधबार राति धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो।
गम्भीर घाइते भएका महराको जनकपुरस्थित ओम दिर्घायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




