ताप्लेजुङ :- ताप्लेजुङको पाथीभराबाट फर्कने क्रममा स्वास्थ्य समस्या देखिएपछि एक बालकको मृत्यु भएको छ।
पाँचथर हिलिहाङ गाउँपालिका–२ का ३० महिनाका सोहन श्रेष्ठ पाथीभरा दर्शन गरेर फर्कँदै गर्दा सोमबार निधन भएका हुन्।
बालकको मृत्युपछि पाथीभरा क्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालय ताप्लेजुले स्वास्थ्यमा समस्या देखिए तुरुन्तै स्वास्थ्यकर्मी र प्रहरीसँग समन्वय गर्न अनुरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टाशङ्कर यादवद्वारा जारी विज्ञप्तिमा बालबालिकादेखि ठूला तीर्थयात्रामा स्वास्थ्य समस्या देखिएमा माथिल्लो फेदीमा रहेको प्राथमिक उपचार केन्द्र, प्रहरी चौकी वा काफ्लेपाटीस्थित पर्यटक प्रहरी सहायता डेस्कमा तुरुन्त सम्पर्क गर्न निर्देशन गरिएको छ।




