काठमाडौँ :- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मध्यपूर्वमा जारी तनाव समाधानका विषयमा पछिल्ला दुई दिनमा महत्वपूर्ण र सकारात्मक वार्ता भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले दुवै देशबीच शत्रुता अन्त्य गर्ने विषयमा फलदायी छलफल भइरहेको जानकारी दिएका हुन्।
उनले यो वार्ता यस हप्ताभरि जारी रहने पनि बताएका छन्। साथै ट्रम्पले इरानका विद्युत् उत्पादन केन्द्र र ऊर्जा पूर्वाधारमाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न युद्ध विभागलाई निर्देशन दिएको जानकारी दिएका छन्।
मध्यपूर्वमा तनाव कम गर्न ट्रम्पको यो कदमलाई महत्वपूर्ण मानिएको छ।




