काठमाडौँ :- खोटाङ जिल्लामा खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमी बजार जोड्ने सडक कालोपत्रको काम सुरु गरिएको छ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रु ३० करोड बजेटमा योजना अघि बढाइएको हो।
भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का दिइएको उक्त काम युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ हजारमा जिम्मा लिएको छ। सम्झौताअनुसार आहालेदेखि याम्खासम्म ८.२ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्र गरिनेछ।
सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




