काठमाडौँ :- राप्ती नगरपालिका–७ पम्फा पुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारी साधन र चालक फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




