सङ्खुवासभा :- सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु बनाएर आज बिहान ७ः३१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको धक्का महसुस गरिएको भए पनि हालसम्म क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन।
यसअघि गत माघ २८ गते लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ बेला–बेलामा भूकम्प जाने गरेको छ।




