काठमाडौँ :- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ।
नयाँ दरअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोल १५५ रुपैयाँ कायम भएको छ।
यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको निगमले जनाएको छ।




