हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म सञ्चालनमा आउन सकेको छैन। बुधबार दिनभर परेको भारी हिमपातका कारण सडकमा जमेको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो। आज बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए। उनका अनुसार रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ हटाउने कार्य भइरहेको छ।
बागलुङतर्फको सडक खण्डमा पनि हिउँ पन्छाउने काम सम्पन्न भएपछि मात्र सडक सञ्चालन हुने प्रहरी नायब उपरीक्षक यादवले बताए।
काठमाडौंबाट रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पातर्फ छुटेका बसहरू हिमपातका कारण पातिहाल्नामा फसेपछि यात्रुहरूलाई बुधबार उद्धार गरी केहीलाई रुकुम पूर्व ल्याइएको थियो भने केहीलाई बागलुङको बुर्तिबाङ पुर्याइएको थियो।




