काठमाडौँ :- बागलुङमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना अझै अधुरो छ। जिल्लामा नेपाल प्रहरीले १,२९८ र सशस्त्र प्रहरीले १८९ जना गरी कुल १,४८७ जनाको माग गरेको थियो।
तर हालसम्म नेपाल प्रहरीतर्फ १४८ र सशस्त्र प्रहरीतर्फ ३ गरी केवल १,५१ जनाले मात्र आवेदन दिएका छन्। यसमा पुरुष ८२३ र महिला २२८ छन्, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।
दरखास्त आह्वान पुस २४ देखि माघ १ गतेसम्म गरिएको थियो। माग अनुसार आवेदन नआएपछि माघ २ र ३ गते थप दुई दिन आवेदन दिने म्याद थप गरिएको थियो।
हालसम्म माग अनुसारको आवेदन पूरा गर्न अझै ४३६ जनाको आवश्यकता छ। आवेदन दिन अझै मौका रहोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने प्रहरी उपरीक्षक भारतीले बताए।



