काठमाडौँ :- आज राष्ट्रिय भूकम्प सुरक्षा २७औँ दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको स्मरणमा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
भूकम्पप्रति जनचेतना अभिवृद्धि गर्नु र पूर्वतयारी सुदृढ बनाउनु यस दिवसको मुख्य उद्देश्य हो । विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको थियो ।
यस अवसरमा भूकम्प सुरक्षा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ ।




