काठमाडौँ :- पश्चिमी जापानको शिमाने प्रान्तमा आज ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।
स्थानीय मिडियाका अनुसार, भूकम्पका कारण धेरै जना मानिस घाइते भएका छन्। भूकम्प स्थानीय समयअनुसार बिहान १०:१८ बजे पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटर गहिराइमा आएको थियो। मौसम विज्ञान विभागले यस भूकम्पले शिमाने र टोटोरी प्रान्तलाई सबैभन्दा बढी प्रभावित बनाएको जनाएको छ।
विभागका अनुसार, भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा थियो। जापान मौसम विभागले ५.१ र ५.४ म्याग्निच्युडका पराकम्पहरू पनि मापन गरेको बताएको छ, जसले समान क्षेत्रलाई क्रमशः १०:२८ र १०:३७ मा असर पुर्याएको थियो।



