झापा :- झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको एयरको विमानमा सवार सबै यात्रु सकुशल छन्। ९एन–एमएफ कलसाइनको एटीआर–७२ विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए। सबै यात्रुको सुरक्षित रूपमा उद्धार भइसकेको छ।



