
काठमाडौँ :- अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई लक्षित गर्दै ‘दराज १.१, द नं १ सेल’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो विशेष सेल डिसेम्बर ३१, २०२५ (पुस १६, २०८२) राति ८ बजेदेखि सुरु भई जनवरी ५, २०२६ (पुष २१, २०८२) सम्म सञ्चालन हुनेछ।
सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल तथा छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधा पाउनेछन्। साथै, सीमित समय र सीमित स्टकका लागि उपलब्ध गराइने क्रेजी फ्ल्यास सेल यस अभियानको प्रमुख आकर्षण रहनेछ। दैनिक फ्ल्यास सेलमार्फत हरेक दिन नयाँ छुट र अफरहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
यस अभियानमा विशेष साझेदार ब्रान्डका अफरहरू पनि समावेश गरिएका छन्। गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट एडिदास र रिबकजस्ता अन्तर्राष्ट्रिय ब्रान्डमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यस्तै, सिल्भर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्म छुट दिइनेछ, जसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ।
ग्राहकलाई विश्वासका साथ किनमेल गर्न सहयोग पुर्याउने उद्देश्यले ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा यस पटक पनि दराजको दुई गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू गरिनेछ। यदि नेपालभित्र अन्य कुनै अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा र आवश्यक सर्तहरू पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
छुट र अफरभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोरलगायत विभिन्न श्रेणीका उत्पादनहरूमा आकर्षक अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।



