स्थानीय तहले बर्खे बिदाबाट कटौती हुने गरी हाललाई दुईदेखि तीन दिनसम्म विद्यालय बिदा दिने निर्णय गरेका छन्। यस सम्बन्धमा जारी विज्ञप्तिमा अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको उल्लेख गरिएको छ।
विगत केही दिनदेखि तराई–मधेस क्षेत्रमा शीतलहर र चिसो हावा चलिरहेको छ। अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन्।



