काठमाडौं :- टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ जाँदै गरेको फाल्कन-५० विमान मंगलबार साँझ स्थानीय समय अनुसार ८:५२ बजे उडान भरेको थियो। करिब ४२ मिनेटपछि जहाजसँग सम्पर्क टूटेको थियो। विमानले आपत्कालीन अवतरणको अनुमति मागेको केही समयपछि दुर्घटना भएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन्।
यस दुर्घटनामा जनरल हद्दादसहित विमानमा सवार चार अन्य व्यक्तिको पनि मृत्यु भएको छ। विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम हायमाना जिल्लाको केसिक्काभाक गाउँ नजिक फेला परेको छ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबेहले जनरल हद्दादको निधनलाई राष्ट्रका लागि ठूलो क्षति भनेका छन्। उनले देशप्रति निष्ठा र समर्पणका साथ सेवा गर्ने व्यक्तिहरूलाई गुमाएको बताए।




