काठमाडौँ :- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन्। जेनजी आन्दोलनपछि भारत भ्रमण गर्ने उच्च नेताको रूपमा उनकाे भ्रमणलाई विशेष अर्थमा हेरिएको छ। चुनावमा नजिुक पुगेर प्रधानमन्त्री बन्ने सम्भावनाबारे नेपालमा भइरहेका चर्चाहरू बीच उनकाे यो भारत भ्रमण महत्त्वपूर्ण मानिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीको गठन पछि भट्टराईको यो पहिलो औपचारिक भारत भ्रमण हो।
भारत बसाइको दौरान, भट्टराईले भारतका बौद्धिक, कूटनीतिक र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्। स्वकीय सचिव रेखी गुरुङले जारी गरेको प्रेस नोटअनुसार, भट्टराईले आईआईटी बम्बेमा आयोजित टेक फेस्टमा र नयाँ दिल्लीमा रहेको इन्डिया इन्टरनेशनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन्। पुस ९ गते उनी नेपाल फर्कनेछन्।




