काठमाडौँ :- गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, शव मृतक मनोज पोखरेलको रहेको पुष्टि भएको छ।
मनोज पोखरेल गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ३४ वर्षीय नागरिक थिए। मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार बिहान शवको सनाखत गरेका थिए।
प्राप्त जानकारीअनुसार, मनोज पोखरेल मंसिर १४ गतेदेखि घरबाट बेपत्ता भएका थिए। उनी केही मात्रामा बौद्धिक अपाङ्गता भएका व्यक्ति रहेको पनि खुल्न आएको छ। अहिले शवको पोस्टमार्टम प्रक्रिया जिल्ला अस्पताल तम्घासमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।












