काठमाडौँ :- काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका विद्यालयहरूलाई विद्यार्थीहरूको कपाल लामो भन्ने कारण जथाभाबी मुण्डन नगर्न निर्देशन दिएको छ।
महानगरको शिक्षा विभागले बुधबार जारी गरेको परिपत्रमा, सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई विद्यार्थीलाई मानसिक यातना नदिन सचेत गराइएको छ। कानुनको उल्लंघन नगरी विद्यालयहरूले विद्यार्थीलाई शारीरिक र मानसिक यातना नपुर्याउने गरी आचारसंहिता पालना गर्न अनुरोध गरिएको छ।




