काठमाडौँ :- उत्तरी भारतको दिल्ली–आगरा एक्सप्रेसवेमा मङ्गलबार बिहान बाक्लो कुहिरोको बीचमा सातवटा बस आपसमा ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
स्थानीय प्रहरीले मथुरा जिल्लामा भएको उक्त दुर्घटनामा बसहरूको ठक्करका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको छ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। केही घाइतेहरूको अवस्था गम्भीर रहेको र मृतकहरूको संख्या बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ।
सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठूलो आगो निस्किरहेको देखाइएको छ।




