मकवानपुर :- आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा रुखबाट लडेर एक युवकको ज्यान गएको छ।
स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङका ३५ वर्षीय सुरेश लामाले दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, घाइते सुरेश लामालाई उद्धार गरी हेटौँडा अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा बिहान १०:२० बजे उनको मृत्यु भएको हो।




