काठमाडौँ :- चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको छ।
प्रहरीका अनुसार, प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको हो।
दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार जारी रहेको छ।




