काठमाडौँ :- रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ। रुपन्देही प्रहरीका अनुसार, दुर्घटना भैरहवा-परासी सडक खण्डको रोहिणी गाउँपालिका वडा नं. ३, परासीझुवामा भएको हो, जहाँ एक मोटरसाइकलले रोकिरहेको ट्रकलाई ठोक्किएको थियो।
मृतकमा ओमसतिया गाउँपालिका वडा नं. ३ का २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादव रहेका छन्।
प्रहरीका अनुसार, आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको ग११प ८६۲५ नम्बरको मोटरसाइकल भारतीय ट्रक एचआर ५५ डब्लु ०३१ मा ठोक्किएको थियो।
गम्भीर घाइते भएका दुवै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पुर्याइए पनि उपचारको क्रममा उनकाे मृत्यु भएको छ।
प्रहरीले दुर्घटनाग्रस्त ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको छ र यसबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।




