काठमाडौँ :- नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा केहीबेरअघिमात्रै उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षमा यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । यसका लागि मतदान भोलि ताेकिएकाे छ ।




