काठमाडौँ :- रौतहटको चन्द्रनिगाहपुरस्थित मोतियाही पुलनजिक सवारी दुर्घटनामा एकजनाको मृत्यु भएपछि मृतकका आफन्तले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलमा मृतकसँगै उनका तीन सन्तान पनि सवार थिए, जो अहिले उपचारका लागि अस्पतालमा रहेका छन्।
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरतर्फ आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा बृन्दावन नगरपालिका–२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको छ।




