काठमाडौँ :- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। विभागले जनाएको छ कि देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अपेक्षा गरिएको छ। ती प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि छ।
यस्तै, आज राति कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।




