काठमाडौं :- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। महाशाखाले जानकारी दिएको अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।




