काठमाडौँ :- प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका १६ वटा रिटमा आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गरी पुनःस्थापना गर्न माग गर्दै दायर रिटहरूमा प्रारम्भिक सुनुवाइ तय गरिएको हो ।




