काठमाडौँ :- छठपर्वको दोस्रो दिन बर्तालुहरू ‘खरना’ विधिको तयारीमा व्यस्त छन्। शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुहरू आज पञ्चमीका दिन ‘खरना’का लागि तयारी गर्दै छन् । परम्पराअनुसार बर्तालुले बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार व्रत बस्छन् र राति सक्खर, दूध र चामलबाट बनेको खिर कूलदेवता तथा छठी देवीलाई अर्पण गर्छन् ।
दिनभरको उपवासपछि चढाइएको खिरलाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ, जसलाई मिथिलामा ‘खरना’ भनिन्छ।


