अर्घाखाँची :- अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोलामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको हो। दुवै जना सोही मोटरसाइकलका चालक रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेलबासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


