काठमाडौँ :- काठमाडौँको कपन पैयुटारस्थित पानी फ्याक्ट्री नजिक सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते एक युवकको मृत्यु भएको छ ।
मृतक सोलुखुम्बु घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गए राति पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गरेको बा८१प ७३५ नम्बरको मोटरसाइकल सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा काठमाडौँ मेडिकल कलेजमा आज बिहान उनको मृत्यु भएको हो ।




