काभ्रे । बनेपामा निर्माणाधीन अत्याधुनिक ‘सिनेपाः स्टुडियो’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदानस्वरूप बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच सो सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो।
चलचित्र विकास बोर्डले उक्त स्टुडियोलाई नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउने, फिल्म निर्माताहरूलाई एउटै स्थानमा सम्पूर्ण सेवा उपलब्ध गराउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन लक्षित विशेष परियोजनाको रूपमा लिएको छ। स्टुडियोलाई अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट–प्रोडक्सनका अत्याधुनिक सुविधासहित निर्माण गरिने बताइएको छ।




