काठमाडौँ :- फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ ।
दसैँको फूलपातीको अवसर पारेर असोजको १३ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा प्रेम, बिछोड, सामाजिक अवरोध र कमेडी छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार घिमिरे, प्रकाश सपूत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङलगायत कलाकारको अभिनय छ ।
रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रमा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता छन् ।


