काठमाडौँ :- ‘परान’को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुकमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् ।
दीपकप्रसाद आचार्यको लेखन तथा निर्देशनमा बनेको ‘परान’को फर्स्टलुकमा तनावबीच मिलन भएको देखिएको छ । यो चलचित्र व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी बनेको छ ।
चलचित्रमा महेश र अञ्जनासँगै नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायत कलाकारको अभिनय छ ।
चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । ‘परान’ कात्तिक १४ देखि प्रदर्शनमा आउनेछ ।


