कैलाली :- कैलालीको लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज बिहान लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको हो ।
लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको उक्त गोदाममा आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




